
काठमाडौं। यसै साता २४ सेप्टेम्बर सनिबारका दिन नया बानेश्वर स्थित एस्पायर करियर एजुकेशन कन्सल्टेन्सीले आफ्नो निरन्तर सञ्चालन गरीरहेको सेमिनारको सातौ श्रृङ्खला दि क्रस्ट पिज्जा एण्ड ब्रेडमा अमेरिका र क्यानाडा केन्द्रीत गर्दै सेमिनार सम्पन्न गरेको छ। उक्त फेयरमा विभिन्न कलेज र युनिभर्सिटीका विशिष्ट व्यक्तिहरू, विद्यार्थी र अभिभावकहरूको वाक्लो उपस्थिति रहेको थियो ।
सेमिनारमा युनिभर्सिटी अफ ब्रिज पोर्टका ईन्टरनेस्नल रिक्रुटर ज्याक्सन सुबेदी, युनिभर्सिटी अफ नेब्रास्का केर्ने र कंकोर्ड युनिभर्सिटीका कन्ट्री म्यानेजर शेखर कार्की , योर्कभिल युनिभर्सिटी र अल्गोमा युनिभर्सिटीकी ईन्टरनेसनल रिक्रूटमेंट मेनेजर फौजी बानियाँ, एस्पायर करियर एजुकेसन कन्सल्टेन्सीका बिजनेस डेभलपमेन्ट म्यानेजर साकार शर्मा, सानिमा बैंक चाबहिल ब्रान्चका मेनेजर उपेन्द्र मैनाली लगायतले आफ्नो प्रस्तुती दिनुभएको थियो।

विशेषत: अमेरिका र क्यानडा को अवसरका बारेमा, युनिभर्सिटीमा पढाइ हुने विषय र स्कलरसीपको बारेमा सम्पूर्ण जानकारी गराउन यस्तो सेमिनार आयोजना गर्ने गरेको आयोजक टिमले जानकारी गराएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे