
काठमाडौँ ९ असोज | नेपाल प्रहरी शिक्षालय भरतपुरको प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी लाग्ने बताएका छन् ।
महानिरीक्षक सिंहले प्रहरीले आचरण, इमान्दारिता र निष्ठामा ख्याल गर्नुका साथै आम नागरिकलाई कानुनी राज्यको प्रत्याभूति दिलाउने गरी काम गर्न निर्देशन दिएका छन् । उनले भने सबैको भरोसा र आशाको केन्द्रमा रहेर नेपल प्रहरी काम गर्नुपर्छ ।
हरेक अवस्थामा सम्यमता अपनाउनुका साथै कर्तव्य निष्ठ भएर आफानो कार्य क्षेत्रमा लाग्न समेत आग्रह गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे