
काठमाडौं, ५ असोज । लोकतन्त्रमा युवा तथा बालबालिकाको विषयसम्बन्धी छलफल भएको छ ।राजधानीमा भएको एक कार्यक्रममा नेपालको लोकतन्त्रमा युवा तथा बालबालिकाको सरोकारका विषयहरु माथि छलफल भएको थियो ।कार्यक्रम सेभ द चिल्ड्रेन इन्टरनेसनल नेपाल, रेस्टलेस डभलप्मेन्ट, कन्सोर्टियम नेपाल, आयोन, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको महासंघ, एकाउन्टेविलिटि ल्याबको संयुक्त आयोजनामा भएको हो ।
सन २०२१ डिसेम्बर ९ र १० मा अमेरिकी राष्ट्रपति जो बाइडेनले ९८ वटा राष्ट्रहरुको उपस्थितिमा लोकतन्त्र सम्मेलनको आयोजना गरेका थिए ।लोकतन्त्रको सुदृढिकरणको लागि नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले सातवटा विषयहरुमा प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । ति प्रतिवद्धताको आधारमा बालबालिका र युवासम्बन्धी विषयमा उक्त प्रतिवद्धताहरुको कार्यान्वयनको लागि सुझाव संकलन गरिएको थियो ।कार्यक्रममा सरकारी निकाय, दातृ निकाय, नागरिक समाज र युवा तथा बालबालिकाहरुको सहभागिता रहेको थियो ।छलफलमा सुचनाको हक, युवा तथा बाल सहभागिता, जलवायु परिवर्तन, सिमान्तकृत वर्गको अधिकार, यौनिक अल्पसंख्यक समुदायका सवाल र अधिकारका विषयहरुमा गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्को तर्फबाट प्रस्तुुति गरिएको थियो । सरकारलेसबै किसिमको सम्मेलन तथा कार्यक्रममा युवा तथा बालबालिबालाई प्रतिनिधिको रुपमा समन्वय गर्नुपर्ने प्रस्तुतिकरणको निश्कर्श रहेको थियो । बोल्ने क्रममा परिषद्का कार्यक्रम व्यवस्थापक नमुना भुषालले जलवायु परिवर्तन र वातावरण संरक्षणमाका मुद्दाहरूको लागि सचेत गराउने, वकालत र लबिङ गर्ने प्रतिबद्वता समेत व्यक्त गर्नुभयो । अन्त्यमा प्रस्तोताले प्रादेशिक र संघीय तहमा जलवायु परिवर्तन सम्बन्धी बजेट कोडिङ सुरु गर्न पहल गरिने पनि बताउनुभयो ।
कार्यक्रममा दातृ निकायबाट बोल्दै, प्रस्तोताले औपचारिकताका लागि मात्र नभई बालबालिका र युवाहरुको सहभागिता सार्थक हुनुपर्ने बताए ।जलवायु परिवर्तन र वातावरण संरक्षणमा बालबालिका र युवाको भूमिकाका लागि बाल वा युवा वर्गमा प्रत्यक्ष रूपमा लगानी गर्नुपर्ने वहाँले उल्लेख गर्नुभयो । बालबालिका र युवाहरूलाई जलवायु परिवर्तन र वातावरणको सही ज्ञानका साथ सहयोग गर्नुपर्ने वहाँको भनाई थियो । अन्तमा, प्रस्तोताले युवा र बालबालिकाका लागि वित्तीय क्षेत्र विस्तार गर्न सरकारलाई अन्तर्राष्ट्रिय साझेदारको रूपमा सहयोग गर्ने उल्लेख गरे ।
नागरिक समाजको तर्फबाट
बोल्दै, गैर सरकारि संस्था महासंघ नेपालका महासचिव अर्जुन भट्टराईले नागरिक समाजका प्रतिनिधिहरूले निर्णय प्रक्रियामा बालबालिका र युवाहरूको सहभागिताका लागि बैठक र परामर्शबाट परियोजना डिजाइन गर्दा सुरुमा युवा र बालबालिकाको सहभागिता सुनिश्चित गरिनुपर्ने बताउनुभयो । नागरिक समाजको कनर्यसमितिमा बालबालिका र युवाहरूको सक्रिय र अर्थपूर्ण सहभागिता हुनुपर्ने वहाँको भनाई थियो । कार्यक्रमा विभिन्न क्षेत्रहरुको प्रतिनिधित्वहुनेगरि ४० जना सहभागिहरुको उपस्थिति रहेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे