काठमाडौँ, ३१ भाद्र ।भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलिय पदार्थको मुल्य घटेर आएको छ ।
आज शुक्रबार (सेप्टेम्बर १६) बाट लागू हुने गरी पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा र डिजेलको प्रतिलिटर ४४ पैसा मात्रै घटेर आएको हो ।
यो सँगै अब निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा रहने छ भने डिजलमा घाटा यथावत् रहनेछ ।हाल निगमले डिजेलमा प्रतिलिटर ६ रुपैयाँ नोक्सानी ब्यहोर्दै आएको बताएको छ ।
बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजलको १७८ रुपैयाँ छ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आउँदा नेपाल आयल निगमलाई पनि मूल्य घट्ने गर्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे