
काठमाडौँ, २९ भाद्र । दशै , तिहार र छठ पर्वका लागिका लागि सर्वसाधरणलाई नयाँ नोट वितरण आजबाट शुरु भएको छ । सर्वसाधरणले बैकहरुबाट आजबाट नयाँ नोट साट्न पाउनेछन् ।
केन्द्रीय बैंकको बालुवाटारस्थित कार्यालयबाट नयाँ नोट वितरण आइतबारबाट शुरु भएपनि बैक तथा वित्तिय संस्थाहरुले आजबाट सर्वसाधरणलाई नयाँ नोट वितरण गरेका हुन् ।
एक व्यक्तिले रु ५, रु १०, रु २०, रु ५० र रु १० दरका नोट गरी एक बन्डल १८ हजार ५ सय सम्म साट्न पाउँनेछन् ।
केन्द्रिय बैकले यसबर्ष १० अर्व बराबरको नयाँ नोट बजारमा ल्याउने बताएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे