
काठमाडौँ, २९ भाद्र । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्।
आज बिहान बेरीले विदाई भेट गरेको प्रचण्डको सचिवालयले जनाएको छ। भेटमा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको जनाइएको छ।
सो क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाइ दिएका थिए।
नेपालको विकास र समृद्धिको बाटोमा अमेरिकाको निरन्तर सहयोगको लागि अध्यक्ष प्रचण्डले धन्यवाद व्यक्त गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे