
काठमाडौँ, २८ भाद्र। सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ भाद्र ३१ देखि असोज २ गतेसम्म हुने भएको छ । भृकुटी मण्डपमा हुने यो एक्स्पो खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित हुनेछ । नेपालमा यस क्षेत्रको बृद्धिका लागि मान्यता प्राप्त यो एक मात्र एक्स्पो हो । विगतका दशकमा होटल, रेस्टुरेन्ट, बार, क्याफे, बेकरी र पार्टी प्यालेसहरू अपेक्षाभन्दा धेरै बढेको छन् । त्यसैगरी, टेक(अवे फूड आउटलेट, फाष्ट फुड क्याफे , किराना पसल र सुपर(मार्केटहरू पनि हाम्रो छर–छिमेकमा उल्लेख्य संख्यामा खुलेका छन् ।
गत कोरोनाकाल अर्थात् तीन बर्ष पश्चात, विगतका बर्षहरु मध्ये यस बर्ष पनि हुन लागेको “सेन्चुरी फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२” सबैभन्दा महत्त्वपूर्ण संस्करण हुने आयोजकले दावी गरेका छन् । “कोरोनाकाल पश्चात धेरै क्रेता, बिक्रेताहरू र व्यवसायीहरु कोभिड महामारीको चपेटामा पर्दै आइरहेकाछन् । यसकारण यस बर्षको सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ मा सबै खरीददार र विक्रेताहरु बजारमा पुराना मध्ये को-को अझै कायम छन् र नयाँ को को आएका छन् सोको जानकारी पनि यो एक्पोले दिने बताइएको छ ।
२०१५ को भूकम्प , कोरोना महामारी जस्ता कहालीलाग्दा प्रकोपले देशको सम्पूर्ण क्षेत्रमा ठूलो मात्रामा फेरबदल गरेको छ । बजारमा कुन-कुन फुड, बेभरेज एण्ड हस्पिटालिटी कम्पनीहरु छन् र हाल के-के गर्दैछन् भनि बुझ्न र उद्योगका सरोकारवालाहरुको बजार रूपान्तरणमा सुरक्षित अवतरण सुनिश्चित गर्न आयोजकले एक पटक भएपनि कार्यक्रममा भ्रमण गर्न आवहान गरेको छ ।
फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ एक्स्पोमा पहिले भन्दा धेरै प्रतिस्पर्धी ,सोर्सिङ र सुरक्षित आपूर्तिहरू बारे जानकारी पाउन सकिने भएकोले यो एक्स्पो महत्त्वपूर्ण भएको आयोजकको दाबी छ ।
एक्स्पोमा ३० हजार भन्दा बढिले भ्रमण गर्नै अपेक्षा गरीएको छ । जसमध्ये व्यापारिक आगन्तुकहरु १२,००० भन्दा बढी हुने अपेक्षा गरिएको छ । यसले होटल व्यवसायीहरू, रेस्टुरेन्ट संचालक/प्रबन्धकहरू , क्लब , बार/पब मालिक प्रबन्धकहरू , पार्टी प्यालेसका मालिक प्रबन्धकहरू, क्यान्टीन सञ्चालक , स्कूलहरू, कलेजहरू, होस्टलहरू र अस्पतालहरू, खाना पकाउनेहरू, शेफहरू, बारटेन्डरहरू, सुपर-मार्केटहरू र किराना पसलहरू , स्टोर मालिकहरू प्रबन्धकहरू, बेकरीहरू, स्न्याक्स र प्रशोधित खाद्य उत्पादकहरू, कृषि प्रशोधन उत्पादकहरू आदिलाई फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ ले बिशेष आकर्षित गर्ने आयोजक बताउँछन् ।
यस कार्यक्रम मार्फत् आगन्तुकहरुले खाना, पेय पदार्थ र आतिथ्य उत्पादन तथा सेवाहरूको बारेमा विस्तृत रुपमा बुझ्न पाउनेछन् । यहाँ करिब ६०% विगत वर्षहरूबाट र बाँकी नयाँ (पहिलो पटक) प्रदर्शकहरु रहने सेन्चुरी फुड एण्ड ड्रिंक्स एण्ड हस्पिटालिटी २०२२ मा करिब १५० कम्पनीहरुबाट करिब ५००० उत्पादन र सेवाहरु प्रस्तुत गरिने अपेक्षा गरीएको छ ।
यस बाहेक कार्यक्रममा कम्पनीहरुले आफ्नो प्रडक्टको विशेषता, स्किम वा अफर्स, स्वाद आदि को बारेमा विष्तृत जानकारी दिने भएकाले आगन्तुकहरुका लागि नयाँ खाना र पेय पदार्थहरूको स्वाद लिन यो एक उत्कृष्ट अवसर हुनेछ । साथै यो कार्यक्रम फुड, बेभरेज एण्ड हस्पिटालिटी बारे अवलोकन गर्न, अन्तरक्रिया गर्न, भाग लिन वा नयाँ सम्पर्कहरू बनाउन र जानकारी प्राप्त गर्न आगन्तुकहरूको लागि एउटा महत्पूर्ण स्थान हुनसक्ने आयोजकले दाबी गरेको छ ।
नेपालीहरुको महान चाड दशैं–तिहार साथै अरु ठूला चाडबाड जस्तै क्रिसमस, नयाँ वर्ष, र विवाह समारोह इत्यादीमा मिठा मिठा परिकारहरु पस्कन एक्स्पोले ठूलो सहयोग पुर्याउने विश्वास लिइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे