काठमाडौँ, २८ भाद्र। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनिया सभामुख ली चान्सुबीच भेटबार्ता भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार काठमाडौँ आइपुग्नुभएको हो ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा अध्यक्ष ओली नेतृत्वको प्रतिनिधिमण्डल र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको हो ।
सभामुख अग्नी सापकोटाको निमन्त्रणमा तीन दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आएका चिनिया सभामुख लिले आजै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनासँग पनि भेटवार्ता गरेका थिए ।
लिले आजै प्रधानमन्त्री शेर बहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे