२०८१ बैशाख १९, बुधबार
काठमाडौँ, ६ बैशाख । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला ६०० रुपैंयाले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १० रुपैयाँले बढेर १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे