२०८१ बैशाख २३, आईतबार
काठमाडौं , १३ वैशाख। नेपाली बजारमा आज बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
हिजोको तुलनामा आज प्रतितोला दुई सय रूपैयाँ घटेको हो। हिजो सुन प्रतितोला १ लाख ३६ हजार रुपैयाँ कायम रहेको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
हिजो तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १६ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे