२०८० आश्विन १४, आईतबार
नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका ७२ वडामध्ये ६६ मा सर्वसम्मत नेतृत्व चयन भएका छन् । सर्वसम्मत हुन नसकेका छ वडामध्ये चारमा नेतृत्व चयन गरिएको र एक वडामा आज नेतृत्व चयन गरिने जनाइएको छ ।
“अधिवेशन हुन नसकेका एक वडामा आज अधिवेशन हुँदैछ”, काँग्रेस रोल्पा जिल्ला सभापति अमरसिंह पुनले भने । रुन्टीगढी गाउँपालिका–८ को अधिवेशन हुनसकेको थिएन ।
जिल्लामा एक जना दलित र एक महिला वडा सभापतिमात्रै निर्वाचित भएका छन् । यसरी निर्वाचित हुने वडा सभापतिमा सुनिल स्मृति गाउँपालिका–४ बाट हीरादेवी पुनमगर र सोही गाउँपालिका–७ बाट रेमलाल विक रहेको सभापति पुनले जानकारी दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे