२०८० आश्विन १४, आईतबार
नेपाली सेनाका परमाधिपति तथा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आज मिति २०७८ भाद्र २४ गते राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच कायम मुकायम प्रधान सेनापति रथी प्रभुराम शर्मालाई महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्ती गर्नु भएको छ । सोहि अवसरमा वहाँले गौरवमय इतिहास बोकेको नेपाली सेनाको ४४ औँ प्रधान सेनापति बन्न सफल हुनु भएका प्रधान सेनापति महारथी श्री शर्मालाई पद तथा गोपनीयताको सपथ समेत गराउनु भएको थियो ।
शितल निवासमा आयोजित उक्त समारोहमा सम्माननीय प्रधानमन्त्री, सम्माननीय प्रधानन्यायाधिश, प्रतिनिधिसभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, माननीय गृहमन्त्री, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेनाका रथीबृन्द लगायत संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
मिति २०७८ भाद्र ०३ गतेको मन्त्रीपरिषद् बैठकले वहाँलाई महारथी दर्जामा बढुवा गरी प्रधान सेनापतिमा नियुक्ती गर्न गरेको सिफारिस बमोजिम नेपाली सेनाका परमाधिपति तथा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा ९५० बमोजिम आज महारथीको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्ती गर्नुभएको हो ।
सैनिक परम्परा अनुसार नवनियुक्त प्रधान सेनापतिलाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरे पश्चात उहाँले कार्यालय बहाली गरी प्रधान सेनापतिको कार्यभार सम्हाल्नु भएको छ । कार्यालय बहाली पश्चात प्रधान सेनापति शर्माले पि।एस।ओज वैठक कक्षमा रथीबृन्दहरुसँग भेटघाट तथा निर्देशन समेत दिनु भएको थियो । आजै नवनियुक्त प्रधान सेनापति महारथी शर्माले सैनिक मञ्च टुँडिखेल र वीर स्मारक छाउनीमा माल्यार्पण गर्नु भएको छ भने भोली सकलदर्जाहरुलाई सभामण्डपबाट सम्बोधन गर्नु हुने कार्यक्रम समेत रहेको छ ।
वि।सं। २०२० पौष ९ गते काठमाडौं जिल्लामा जन्मनु भएका प्रधान सेनापति शर्मा २०४० सालमा सहायक सेनानी दर्जाबाट सैनिक सेवामा प्रवेश गर्नु भएको थियो । यस अघि वहाँले बलाधिकृतको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे