२०८० आश्विन १७, बुधबार
ड्रिम अन एजुकेशनल कन्सल्टेन्सी डिल्लीबजारले आफ्नो स्थापना दिवसको छैटौं बर्ष पुरा गरेर सातौँ बार्षिकोत्सव भब्यताका साथ सम्पन्न गरेको छ। उक्त बार्षिकोत्सव कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष प्रकाश पाण्डे, पुर्ब अध्यक्ष बिष्णु हरि पाण्डे, द्वितीय उपाध्यक्ष सेष राज भट्टराई, तृतीय उपाध्यक्ष कृष्ण हरि केसी लगायतका थुप्रै इक्यानीयन हरूको उपस्थित रहेको थियो।
कार्यक्रममा सिड्नी सिटि कलेज, वेष्टन सिड्नी कलेज, अष्ट्रेलियन टेक्नीकल कलेज, स्काइ लाइन कलेज, ग्लोवल स्टडी पार्टनर लगायतका बिभिन्न प्रोभाइडर हरूले समेत डिम अन एजुकेशनल कन्सल्टेन्सीमै आइ शुभकामना ब्यक्त गर्नुभएको थियो।
सातौँ बार्षिकोत्सवको अबसरमा राष्ट्रिय शैक्षिक परामर्श संघ नेकाका अध्यक्ष सन्तोष प्याकुरेलले ड्रिम अन एजुकेशनल कन्सल्टेन्सीले भबिष्यमा पनि बिध्यार्थी र अभिभावकहरू लाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै जाओस् भन्दै मुरि मुरि शुभकामना ब्यक्त गर्नुभएको थियो।
सातौँ वार्षिकोत्सवमा उपस्थित सम्पूर्ण परामर्श ब्यावसायी, प्रोभाइडर र शुभचिन्तकहरु लाई ड्रिम अन एजुकेशनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक भिम बहादुर थापाले धन्यबाद ज्ञापन ब्यक्त गर्नुभयो।
ड्रिम अन एजुकेशनल कन्सल्टेन्सीले बिदेश अध्ययन गर्न चाहनुहुने बिध्यार्थी हरू लाई गुणस्तरीय शैक्षिक परामर्श सेवा लगायत टेस्ट प्रिपेसन, डकुमेन्टेसन गाइडलाइन, भिजा गाइडेन्स लगायतका सेवा प्रदान गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे