२०८१ श्रावण १२, शनिबार
आसाम डाउनटाउन यूनिभर्सिटी (एडीटीयू)को आठौं दीक्षान्त समारोह हजारलाई विभिन्न डिग्री प्रदान गर्दै बुधवार भब्यतापूर्वक सम्पन्न भएको छ ।
समारोहमा यसवर्ष ९४४ जना शोधार्थीमध्ये ७२४ जनालाई स्नातक, २१३ जनालाई स्नातकोत्तर र ७ जनालाई विद्यावारिधि उपाधि प्रदान गरिएको यूनिभर्सिटीका नेपाल प्रमुख शंकर भट्टराईले जानकारी दिए । पूर्वोत्तर भारतको सबैभन्दा उत्कृष्ट विश्वविद्यालयको रुपमा परिचित एडीटीयू आसामको राजधानी गुवाहाटीमा रहेको छ । जहाँ २५० भन्दा बढी फ्याकल्टी रहेका छन् ।
भट्टराईका अनुसार दीक्षान्त समारोहको प्रमुख अतिथि आसामका राज्यपाल जगदीश मुखी थिए भने यूनिभर्सिटीका चान्सलर डा. एन.एन. दत्त, असमका पूर्व मुख्यमन्त्री प्रफुल्लकुमार महन्त, प्रख्यात सामाजिक कार्यकर्ता पद्मा हजारिका, कुलपति डा. एनसी तालुकदार लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । सो अवसरमा डीन डा. बन्दना दत्ताले सात जना पीएचडी उपाधिप्राप्त शोधार्थीलाई प्रमाणपत्र प्रदान गरेकी थिइन् ।
युनिभर्सिटीले पूर्व मुख्यमन्त्री प्रफुल्लकुमार महन्त र सामाजिक कार्यकर्ता पद्मा हजारिकालाई मानार्थ विद्यावारिधि उपाधि समर्पण गरेको थियो । दीक्षान्त समारोहमा विभिन्न फ्याकल्टीमा सर्वोत्कृष्ट स्थान ल्याउनेहरुलाई पुरस्कृत गरिएको थियो ।
भारतमा प्रख्यात बन्दै गएको यो युनिभर्सिटी गुवाहाटीस्थित ब्रह्मापुत्र नदीको किनारमा र वरिपरि पहाड रहेको नेपालकै जस्तो हावापानी भएको भौगोलिक क्षेत्रमा रहेको छ ।
त्यहीकारण त्यहाँ पढ्नका लागि धेरै नेपालीहरु जाने गरेका छन् । युनिभर्सिटीका नेपाल प्रमुख भट्टराईले कोभिड १९ को महामारीको अवधिमा पनि युनिभर्सिटीको कुनै पनि फ्याकल्टीको पढाई र परीक्षा रोकिएन । उनका अनुसार युनिभर्सिटीले कोरोना आउनुभन्दा धेरै पहिलेदेखि नै आफ्नो अध्यापन विधिलाई अनलाइन प्रविधियुक्त बनाइसकेको थियो । विश्वका अधिकांश युनिभर्सिटीका परीक्षा कोरोनाले प्रभावित भए तापनि त्यहाँका परीक्षा रोकिएनन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे