२०८० मंसिर १४, बिहिबार
काठमाडौं, असोज १४ | काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मी कुटिएका छन् । आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण भएको छ ।
केएमसीका अध्ययनरत एक चिकित्सकले ओपीडीमा जम्मा भएर हल्लाखल्ला नगर्न र बाहिर गएर पर्खन भनेपछि एक बिरामीका आफन्तले ती चिकित्सकलाई गाली गर्दै कुटपिट गर्न सुरु गरेका थिए ।
अहिले अस्तपालका चिकित्सक, स्वास्थ्यकर्मी अस्पताल अगाडि सडकमा बसेर धर्ना दिइरहेका छन् ।आन्दोलनका कारण अस्पताल पनि ठप्प छ ।
सरकारले सुरक्षित कार्यस्थलको ग्यारेन्टी गर्ने भनेपछि शनिबार ६ बुँदे सहमति गरेर चिकित्सकहरु काममा फर्किएका थिए ।
घटनापछि अस्पतालतमा कार्यरत चिकित्सक तथा इन्टर्नहरूले डाक्टर कुट्नेलाई तुरुन्तै पक्राउ गरी गृहमन्त्रीको रोहवरमा भएको सहमतिको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे