२०८० आश्विन १४, आईतबार
काठमाडौं । इन्टरनेट सेवा प्रदायक निजी कम्पनीहरुले पोल भाडा र फाइबरको मूल्यवृद्धि भएको भन्दै इन्टरनेटको मूल्य बढाउने निर्णय गरेका छन् ।
प्रतिग्राहक डेढ सयदेखि तीन सय रुपैयाँसम्म मूल्य बढाउने तयारी गरेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले जनाएको छ । ग्रामीण क्षेत्रमा प्रतिग्राहक तीन सय र सहरी क्षेत्रमा प्रतिग्राहक १५० रुपैयाँका दरले इन्टरनेटको मूल्य बढाउने निर्णय भएको आइस्पानले जानकारी दिएको छ ।
आइस्पानले इन्टरनेटको मूल्यवृद्धि गर्ने निर्णय गरेपछि अव सेवा प्रदायकले स्वीकृतिका लागि नेपाल दूर सञ्चार प्राधिकरणमा आवेदन दिनेछन् । प्राधिकरणले स्वीकृति दिएपछि इन्टरनेटको मूल्य बढ्नेछ ।
नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय नै नगरी एकतर्फी रुपमा बिजुली पोलको भाडा बढाएको उनीहरुको भनाइ छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे