२०८० मंसिर २१, बिहिबार
काठमाडौँ । कुशेऔँसीका दिन मङ्गलबार सनातन हिन्दुु धर्मावलम्बीले वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गर्ने कुश घर–डेरामा भित्र्याउँदै छन् ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी छेदन गरेर यजमानहरू कहाँ पु-याइएको कुश घर–डेरामा राख्दा परिवारको कल्याण हुन्छ भन्ने मान्यता छ । हिन्दुले कुश, पीपल, शालिग्राम र तुलसीलाई विष्णु भगवानकाे प्रतीक मान्छन् ।
गोकर्णे औँसीका नामले पनि चिनिने यो दिन छोराछोरीद्वारा बाबुलाई मन पर्ने पहिरन, भोजन तथा सक्नेले आभूषणसमेत प्रदान गरेर सम्मानसाथ बाबुको मुख हेर्ने प्रचलन छ । बाबु नहुनेहरू पवित्र स्थानमा गई बाबुको नाममा श्राद्ध तर्पण तथा ब्राह्मणलाई दान दिने गर्छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे