२०८० मंसिर १७, आईतबार
काठमाडौँ, २९ कार्तिक । आज नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन भाइटीका पर्व मनाइँदै छ। यसबर्षको भाइटीकाको मुख्य साइत १०ः५१ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका र कहिले. नओइलिने मखमलीको माल लगाएर मनाइन्छ।
यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने समितिले जनाएको छ ।
सो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्ने छन्।
सनातन धर्मकर्ममा सामान्यतय पूर्व वा उत्तर फर्किनुपर्ने मान्यता छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे