२०८० मंसिर १७, आईतबार
काठमाडौँ , १४ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले घुस नखाँदा र नखुवाउँदा पापीहरू बहुलाउन थालेकाे बताएका छन् । पशुपतिनाथको ३१ रोपनी जग्गामा मन्त्री किरातीले चलखेल गरेको भन्ने सञ्चारमाध्यममा समाचार आएपछि मन्त्री किराती आक्रोशित बनेका हुन् ।
सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफूले घुस नखाएको र अरुलाई पनि नखुवाउँदा पापीहरु बौलाएको टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्, ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला १ प्रमाणित गर म एक मिनेट बस्दिन…’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे