२०८० मंसिर १४, बिहिबार
काठमाडौँ, १० असोज । काठमाडौँ उपत्यकामा बिहीबार (भोलि) सार्वजनिक विदा हुने भएको छ ।
सरकारले इन्द्रजात्राको अवसरमा असोज ११ गते, बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको हो ।
नेवार समुदायले मनाउने इन्द्रजात्राका लागि भोलि काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक विदा हुने भएको हो । उपत्यका विदामा सरकारी कार्यालय, बैंक, विद्यालय, नेप्से तथा सेयर बजार बन्द हुनेछ ।
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाइन्छ । यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे