• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ८, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एक वर्षमै १ लाखभन्दा बढी जीवन बीमा पोलिसी समर्पण, रकम १५ अर्ब नाघ्यो

२ घण्टा अघि
२

‘राजा चाहिन्छ’ भन्ने मतदाताको समर्थन पनि रास्वपालाई गएको दाबी : राजेन्द्र लिङ्देन

१४ घण्टा अघि
३

रास्वपा महाधिवेशन: सोमबार उम्मेदवारी दर्ता, असार ९ गते मतदान हुने

१६ घण्टा अघि
४

अब बैंकका सीईओको तलब नाफा मात्र होइन, जोखिम र सुशासनका आधारमा निर्धारण हुने

१७ घण्टा अघि
५

एमाले र अन्य दलबाट प्रतिनिधि पठाउँदा कांग्रेसबाट गगन थापा नै मैदानमा

१९ घण्टा अघि
६

विश्वकप २०२६: . जापानको बलियो दाबी, नेदरल्यान्ड्सको गोलधमाका र जर्मनीको पुनरागमन

१९ घण्टा अघि
७

खाद्य गुणस्तर नियमन चुनौतीपूर्ण, मुद्दा व्यवस्थापन र मापदण्ड निर्माणमा ढिलाइ

१ दिन अघि
८

२३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा

२ दिन अघि
९

बिना कारण मन्त्रीको निवासमा खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

२ दिन अघि
१०

बजेटले कुनै क्षेत्र उत्साहित गर्न सकेन : खुश्बु ओली

२ दिन अघि
११

फिफा विश्वकप २०२६: मेक्सिको अन्तिम ३२ मा, क्यानडाको ६–० को ऐतिहासिक जित

२ दिन अघि
१२

मन्त्रिपरिषद् बैठक बस्दै

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० मंसिर ६, बुधबार (२ साल अघि)

अर्थतन्त्र सुधारका लागि सरकारका यस्ता छन् निर्णय

  • 3,471 Views
  • काठमाडौँ, ६ मङ्सिर । सरकारले मुलुकको अर्थतन्त्रलाई समुन्नत तुल्याउने उद्देश्यले विभिन्न निर्णय गरेको छ । मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका लागि तत्काल गर्नुपर्ने कामबारे सरोकारवालासँग छलफल गरेपछि सरकारले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गरेका तर समयमै ऋणको साँवाब्याज चुक्ता गर्न नसकेका व्यवसायीलाई कर्जा भुक्तानीमा नेपाल राष्ट्र बैंकमार्फत सहजीकरण गर्ने निर्णय गरेको छ । बैठकले बैंकदरका सम्बन्धमा अध्ययन गरी पुनरावलोकन गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रियतामा भएको छलफलपछि निर्णयअनुसार सहकारीको नियमन गर्न छुट्टै विशिष्टीकृत संस्थाको स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाइने छ भने सहकारी क्षेत्रको बचत तथा ऋणको सुरक्षणका लागि सहकारी कोषको स्थापना गरिनेछ । साथै सहकारीलाई आगामी छ महिनाभित्र नियमनको दायरामा ल्याउन नियामक संस्था स्थापना गरिने भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार लघुवित्त संस्थाबाट लिएको ऋण भुक्तानीलाई सहजीकरण गर्ने, कर प्रणाली सुधारका लागि गठित आयोगको सुझावका आधारमा राजस्व संरचनामा सुधार गर्नेलगायत निर्णय भएको छ ।

    यसैगरी बूढीगण्डकी जलविद्युत् आयोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थाल, कर्णाली, चिसापानी, माथिल्लो अरुण तथा विभिन्न तीन वटा क्रिकेट रङ्गशालालगायत ठूला पूर्वाधार आयोजना कार्यान्वयनमा विशेष जोड दिने निर्णय भएको छ ।

    खरीद सम्झौता भई चालू अवस्थामा रहेका, ठेक्काको म्याद थपका सम्बन्धमा जारी आदेश कार्यान्वयनमा देखिएका समस्या तत्काल समाधान गरिने तथा निर्माण व्यवसायीको भुक्तानी हुन बाँकी दायित्व तत्काल भुक्तानी गर्ने निर्णय भएको छ ।

    उक्त कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार व्यवसाय र व्यवसायीको पलायन रोक्ने कार्यक्रम ल्याउने, राजनीतिक दलबीच अर्थतन्त्रका सैद्धान्तिक विषयमा साझा बुझाई तयार गर्ने र अनौपचारिक अर्थतन्त्रलाई औपचारिकीकरण गर्न प्रयास गर्ने विषयमा पनि सरकार र सम्बन्धित निकायबाट तत्काल कदम चालिनुपर्ने सुझाव सरोकारवालाबाट आएका छन् । उद्यमशीलता र औद्योगीकरणलाई गति दिन सङ्घ, प्रदेश र स्थानीय सरकारबीच अन्तरसरकारी समन्वय र सहकार्यलाई प्रभावकारी बनाइनेछ ।

    छलफलपछि प्रधानमन्त्रीले पुँजीगत खर्च वृद्धि गर्न ठूला पुँजीगत बजेट भएका मन्त्रालयका मन्त्रीहरू तथा सचिवहरूलाई गम्भीर भएर कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद गर्न प्रधानमन्त्रीको अध्यक्षतामा गठन गरिएको उद्योग वाणिज्य प्रवर्द्धन संवाद परिषद्को नियमित बैठक बस्ने, शासकीय सुधार एवम् सुशासन प्रवर्द्धनका लागि एक उच्चस्तरीय आयोग गठन गरी जनताको मनोबल उकास्न आर्थिक तथा वित्तीय सुशासन कायम गरिने प्रधानमन्त्री दाहालले बताउनुभएको छ ।

    बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण लिएर तिर्दिन भन्नेहरूलाई राज्यले कुनै सुनवाइ नगर्ने बताउनुभयो । अप्ठ्यारोमा परेका व्यवसायलाई सहजीकरण गर्न राष्ट्र बैंकमार्फत केही नीति लिन सकिने भएपनि कर्जा नै तिर्दिन भन्नु जायज माग नभएको उहाँले स्पष्ट पार्नुभयो ।

    मुलुकको अर्थतन्त्रको अवस्था खस्किँदै गएका कारण उद्योगी व्यवसायी समयमा कर्जाको साँवा ब्याज भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेका कारण कर्जाको पुनः संरचना र पुनरतालिकीकरण गरिनुपर्ने माग निजी क्षेत्रको छ । त्यस्तै, जलविद्युत्, कृषि, पर्यटन, सूचना प्रविधि, साना उद्योग व्यवसायको प्रवर्द्धनलगायत क्षेत्रलाई ध्यानमा राखेर सरकारले काम गर्ने अर्थमन्त्री महतले बताउनुभयो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका आज राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विषयगत मन्त्रालय, निजी क्षेत्र, अर्थतन्त्रका जानकारसहित सरोकारवालासँग छलफलपछि तत्काल चाल्नुपर्ने नीतिगत सुधार र व्यावहारिक समस्या समाधानका लागि निर्णय भएको हो । बैठकमा अर्थमन्त्री डा महत र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    समाचार
  • १

    एक वर्षमै १ लाखभन्दा बढी जीवन बीमा पोलिसी समर्पण, रकम १५ अर्ब नाघ्यो
    २ घण्टा अघि

  • २

    ‘राजा चाहिन्छ’ भन्ने मतदाताको समर्थन पनि रास्वपालाई गएको दाबी : राजेन्द्र लिङ्देन
    १४ घण्टा अघि

  • ३

    रास्वपा महाधिवेशन: सोमबार उम्मेदवारी दर्ता, असार ९ गते मतदान हुने
    १६ घण्टा अघि

  • ४

    अब बैंकका सीईओको तलब नाफा मात्र होइन, जोखिम र सुशासनका आधारमा निर्धारण हुने
    १७ घण्टा अघि

  • ५

    एमाले र अन्य दलबाट प्रतिनिधि पठाउँदा कांग्रेसबाट गगन थापा नै मैदानमा
    १९ घण्टा अघि

  • ६

    विश्वकप २०२६: . जापानको बलियो दाबी, नेदरल्यान्ड्सको गोलधमाका र जर्मनीको पुनरागमन
    १९ घण्टा अघि

  • ७

    खाद्य गुणस्तर नियमन चुनौतीपूर्ण, मुद्दा व्यवस्थापन र मापदण्ड निर्माणमा ढिलाइ
    १ दिन अघि

  • ८

    २३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा
    २ दिन अघि

  • ९

    बिना कारण मन्त्रीको निवासमा खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण
    २ दिन अघि

  • १०

    बजेटले कुनै क्षेत्र उत्साहित गर्न सकेन : खुश्बु ओली
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    अनुमति बिना नेपाली आकाशमा भारतीय हेलिकोप्टर, संसद्मा उठ्यो प्रश्न

    नेपाल नक्सा
    २

    विश्वकपमा स्विडेन र जर्मनीको प्रभावशाली सुरुआत, जापानले नेदरल्यान्ड्सलाई रोक्यो

    नेपाल नक्सा
    ३

    माछापुच्छ्रे बैंकद्वारा बाल स्वास्थ्य सेवाका लागि केआईओसीएचलाई अल्ट्रासोनोग्राफी मेसिन सहयोग

    नेपाल नक्सा
    ४

    भारतीय अवरोधपछि इलामका सबै चिया उद्योग बन्द

    नेपाल नक्सा
    ५

    प्रतिनिधि सभाको बैठक बस्दै

    नेपाल नक्सा
    ६

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution