२०८० मंसिर १४, बिहिबार
काठमाडौं, जेठ १३ | शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएको बैठक आज अपराह्न ४ बजे बस्दैछ ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार विशेष कारण बैठक बस्ने दिन र समय परिवर्तन भएको हो ।
माओवादी सांसद लेखनाथ दाहालले पशुपतिनाथको मन्दिरमा राखिएको जलहरीबारे प्रश्न उठाएपछि एमालेका सांसदहरुले बैठक अवरुद्ध गरेका थिए । त्यसपछि २० मिनेटका लागि स्थगित गरिएको बैठक बस्दै नबसी आजका लागि सारिएको हो ।
बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले आफना पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुभएका बेला पशुपतिनाथको जलहरीमा सुनको सट्टा पित्तल लगाइएको र भ्रष्टाचार भएको भनी हो नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले आरोप लगाएकाले त्यसबारे सरकारको स्पष्ट जवाफ नआउँदासम्म सदन अघि नबढ्ने बताउनुभएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे