२०८० मंसिर १४, बिहिबार
काठमाडौँ, १४ जेठ । मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीइच्छा प्रधानले जितेकी छन् । ललितपुरको गोदावरीमा हिजो शनिबार सम्पन्न फाइनलमा उनले २३ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।
उनलाई गतबर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाई दिएकी छन् ।
प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधामा आफूलाई अब्बल सावित गरिन। मिस नेपाल विजेता प्रधान काठमाडौँकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी हुन।
प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए। त्यस्तै, मिस नेपाल अर्थ २०२३ को ताज रैना मजगैयाले पहिरिन सफल भइँन ।
मिस नेपाल इन्टरनेशनल २०२३ को ताज भने प्रसिद्धि शाहले जितेकी छिन् । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे