
काठमाडौँ । देशका धेरै जिल्लामा बर्डफ्लु नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा भने यसको जोखिम अझै कायम रहेको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा र चितवनलगायत जिल्लामा सङ्क्रमण नियन्त्रणमा आइसकेको छ। तर काठमाडौँ, ललितपुर, भक्तपुर र विशेषगरी काभ्रेमा बर्डफ्लुको जोखिम अझै देखिएको छ।
सङ्क्रमण रोक्न हालसम्म देशभर सात लाख ५४ हजारभन्दा बढी पन्छी, १० लाख ९१ हजारभन्दा बढी अण्डा र दुई लाख ४३ हजार केजीभन्दा बढी दाना नष्ट गरिएको विभागले जनाएको छ। जोखिम भएका क्षेत्रमा अनुगमन जारी राखिएको छ र सङ्घीय तथा स्थानीय सरकारको समन्वयमा सङ्क्रमण नियन्त्रणका थप उपाय लागू गरिएको विभागले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे