
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा बुधबार सांसदको अभिव्यक्तिलाई लिएर विवाद भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख डोलप्रसाद अर्याललाई लक्षित गर्दै “तपाईंले कान सुन्नु हुन्छ कि हुँदैन?” भन्ने टिप्पणी गरेपछि विवाद सुरु भएको हो। सभामुख अर्यालले उक्त अभिव्यक्तिले सभामुख र संसद्को अपमान भएको भन्दै राईलाई बोल्न नदिने बताएका थिए।
त्यसपछि एमाले सांसदहरूले विरोध जनाउँदै उठेपछि बैठकमा केही समय अवरोध भयो। यसैबीच, रास्वपाकी सांसद टीका संग्रौला ज्वालाले पनि नियमापत्ति गर्दै सांसद राईले प्रयोग गरेको उक्त शब्द संसद्को अभिलेखबाट हटाउन माग गरिन्। बढ्दो विवादका कारण सभामुखले प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे