
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा नतिजा सार्वजनिक गर्ने तयारीलाई तीव्र बनाएको छ । बोर्डले नतिजा प्राप्त गर्न सकिने विभिन्न माध्यमहरूको सूची सार्वजनिक गर्दै विद्यार्थी तथा अभिभावकलाई सहज पहुँचको व्यवस्था गरिएको जनाएको छ ।
परीक्षा बोर्डले सार्वजनिक सूचना जारी गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा छोटो सन्देश सेवा, ध्वनि सेवा तथा विभिन्न वेबसाइटमार्फत हेर्न सकिने जानकारी दिएको छ । नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले आफ्नो सिम्बोल नम्बर प्रयोग गरेर सहज रूपमा विवरण प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार नतिजा हेर्नका लागि विभिन्न सेवा प्रदायक संस्थासँग समन्वय गरिएको छ । परीक्षा परिणाम सार्वजनिक हुने दिन प्रणालीमा अत्यधिक चाप पर्न सक्ने भएकाले वैकल्पिक माध्यमसमेत प्रयोग गर्न अनुरोध गरिएको छ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षामा देशभरबाट ठूलो सङ्ख्यामा विद्यार्थी सहभागी भएका थिए । परीक्षा बोर्डले नतिजा प्रकाशनलाई व्यवस्थित, छिटो र प्रविधिमैत्री बनाउन विभिन्न डिजिटल माध्यम प्रयोगमा ल्याएको जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे