
काठमाडौं । होटल व्यवसायी महासंघ नेपालको सचिवालय बैठक तथा दोस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । महासंघका अनुसार २०८३ वैशाख २५ गते एयरपोर्टस्थित पालज्ञा होटलमा आयोजित बैठक सफलतापूर्वक सम्पन्न भएको हो ।
बैठकको सभापतित्व महासंघका केन्द्रीय अध्यक्ष टि.आर. भण्डारी ‘शंकर’ले गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव राजेश मल्होत्राले गरेका थिए । बैठकमा महासंघका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सहभागिता रहेको जनाइएको छ ।
बैठकमा संगठन सुदृढीकरण, आगामी कार्यक्रम, व्यवसायीका समस्या, पर्यटन प्रवर्द्धन तथा होटल व्यवसायसँग सम्बन्धित समसामयिक विषयमा छलफल भएको जनाइएको छ । महासंघले व्यवसायीबीच समन्वय, सहकार्य र संस्थागत एकतालाई थप प्रभावकारी बनाउने विषयमा पनि जोड दिएको जनाएको छ ।
महासंघले देशभरका होटल व्यवसायीको हकहित संरक्षण, पर्यटन क्षेत्रको विकास तथा व्यवसायिक वातावरण सुदृढ बनाउन आगामी दिनमा थप सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे