
काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सांसदहरूले आफ्नो मन्त्रालयका कामबारे सोधेका मौखिक प्रश्नको जवाफ दिनेछन्।
साथै, सांसद रेनु चन्दले प्रविधिको दुरुपयोगबाट हुने लैंगिक हिंसा रोक्न, महिलाको अधिकार सुरक्षित गर्न र पीडितलाई सहज रूपमा न्याय दिलाउन आवश्यक नीति, कानुन र संस्थागत व्यवस्था प्रभावकारी रूपमा लागू गर्नुपर्ने विषयमा संकल्प प्रस्ताव पेश गर्नेछिन्।
त्यस्तै, राष्ट्रिय सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको जानकारी पनि बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा यी विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे