२०८१ श्रावण १२, शनिबार
काठमाडौँ, जेठ २८ । ललितपुर, कुसुन्ती स्थित माछापुच्छ्रे आई वि वल्ड स्कुलमा संयुक्त राष्ट्र संघको नमुना अभ्यास गराउने उद्देश्यका साथ माछापुच्छ्रे मोडल यूनाइटेड नेशन (एमएमयुन) कार्यक्रम आइतबार सम्पन्न भएको छ । तीन दिन सम्म आयोजना गरेको माछापुच्छ्रे मुन कार्यक्रममा सहभागी विद्यार्थीहरुले संयुक्त राष्ट्र संगठनको अवधारणा र अभ्यासको विषयमा ज्ञान हासिल गर्न सफल भएका छन ।
विभिन्न सत्रमा कार्यक्रम सञ्चालन गर्नका लागि ६ वटा कमिटीहरु निर्माण भएको थियो। शुक्रबार, शनिबार र आइतबारको सत्रमा संयुक्त राष्ट्र मानव अधिकार परिषद (UNHRC) ले गाजापट्टीमा चलिरहेको मानवीय संकटको सम्बोधन, संयुक्त राष्ट्र निरस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षा समिति (DISEC) ले जम्मू – कश्मीरका प्रश्न, संयुक्त राष्ट्र लागूपदार्थ तथा अपराध कार्यालय (UNODC) ले बढ्दो भेप्स र ई-सिगरेटको प्रयोग र यसको नियमनहरूको सम्बोधन गर्ने, संयुक्त राष्ट्र महिला (UNWOMEN)ले महिलाहरूको आर्थिक सशक्तीकरण र राजनीतिक सहभागितालाई वृद्धि गर्ने, आर्थिक र वित्तीय समिति (ECOFIN) ले विश्व ऋण संकट र अन्तर्राष्ट्रिय प्रेस (IP) ले खुला एजेन्डामा रहि सम्बन्धित समितिका विधार्थीहरुले आफ्नो परिषद् मार्फत बृस्तित छलफल गरी तार्किक भनाइहरु प्रस्तुत गरेको माछापुच्छ्रे मुनका सल्लाहकार तथा विद्यालयका प्रिन्सिपल होमनाथ आचार्यले जानकारी दिनुभयो ।
तिन दिन भएको छलफल सत्रको निष्कर्षको रुपमा हरेक कमिटीहरुले आफ्नो संकल्प पत्र तयार गरेका थिए ।
विद्यालयका प्रिन्सिपल आचार्यले मुनकार्यक्रमले विद्यार्थीहरुको नेतृत्व विकास, कुटनीतिक सीपको विकास, वाक कलाको सीपको विकासलगायतको सीप विकास हुने बताउनु भयो।
विद्यालयमा सम्पन्न समापन कार्यक्रममा सांगितिक प्रस्तुति लगायत विभिन्न समितिका उत्कृष्ट प्रतिनिधि विद्यार्थीहरुलाई विद्यालयका सीईओ डा बिनोद प्रसाद यादव तथा प्रिन्सिपल होमनाथ आचार्यले खादा र मेडल सहित सम्मान गर्नुभएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे