• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राष्ट्रिय गौरवका २७ आयोजनामध्ये ३ मात्रै सम्पन्न, ११ आयोजना अझै ५० प्रतिशत प्रगतिमा पनि पुगेनन्

१ घण्टा अघि
२

सरकार विरोधी आन्दोलनपछि सर्बियाका राष्ट्रपतिले दिए राजीनामा

१४ घण्टा अघि
३

एनसेलले ५ प्रदेशका १३ जिल्लामा थ्रीजी सेवा बन्द गर्दै

१६ घण्टा अघि
४

९२औँ मिनेटमा युस्टाक्वियो चम्किए, क्यानडाले दक्षिण अफ्रिकालाई हराउँदै अन्तिम १६ मा स्थान बनायो

१७ घण्टा अघि
५

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए शपथ

१७ घण्टा अघि
६

सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट जबरजस्ती ननिकाल्न नारायणकाजी श्रेष्ठको आग्रह

१८ घण्टा अघि
७

पाकिस्तान–अफगानिस्तान सीमामा तनाव: हवाई आक्रमणमा दर्जनौंको मृत्यु

१८ घण्टा अघि
८

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५०० पुग्यो ,हजारौं अझै बेपत्ता

१९ घण्टा अघि
९

फुटेको हाँडी जोड्ने प्रयास असफलता लुकाउने खेल हो : गोकुल बास्कोटा

१९ घण्टा अघि
१०

यसै वर्ष बंगलादेश फर्किने शेख हसीनाको घोषणा

१९ घण्टा अघि
११

आज राष्ट्रिय धान दिवस मनाइँदै, वर्षा नहुँदा रोपाइँ सुस्त

१९ घण्टा अघि
१२

असार १५ मा किन खाइन्छ दहीचिउरा ? संस्कृति, स्वास्थ्य र कृषिसँग जोडिएको परम्परा

१९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ जेष्ठ १७, बिहिबार (२ साल अघि)

“हाम्रो मन्त्रालय अन्तर्गतलाई निकै न्यून बजेट दिइयो”- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

  • 5,019 Views
  • ललितपुर, १७ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्य प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको बताउनुभएको छ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले “हाम्रो अभियानः आत्मनिर्भर छोरीको सम्मान” भन्ने नाराका साथ आज आयोजना गरेको छैटौँ राष्ट्रिय महिला अधिकार दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।

    समतामूलक समाज निर्माणका लागि महिला तथा बालबालिकाको विकास हुनुपर्ने भन्दै उहाँले तर अझैपनि राज्यका तर्फबाट महिला, बालबालिका मन्त्रालयलाई निकै न्यून बजेट दिने गरिएको गुनासो गर्नुभयो । ‘भर्खरै बजेट आएको छ । तर, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका क्षेत्र तथा यौनिक अल्पसंख्यकको क्षेत्रमा काम गर्ने जिम्मेवारी रहेको महिला मन्त्रालयमा निकै न्यून बजेटको व्यवस्था गरिएको छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘विगतभन्दा बजेट बढेको छ । तर समग्रमा हेर्दा बजेट निकै न्यून छ । विकासे मन्त्रालय होइन भनेर महिला मन्त्रालयलाई न्यून बजेट दिने गरिएको छ ।’

    बजेट निर्माण प्रक्रियामा आफू पटकपटक प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग नियमित सम्पर्कमा रहेपनि बजेट आउँदा त्यसरी नआएको उहाँको गुनासो थियो । ‘मैले आफ्नो जीवनकालमा यस्तो महसुस गरेको थिएन । कि मलाई यो पितृसत्तात्मक समाज नै हो भन्ने महसुस भयो । निकै नराम्रो लागेको थियो’, उहाँले भन्नुभयो, ‘बजेटका विषमाय पटक-पटक प्रधानमन्त्री अर्थमन्त्रीज्यूसँग छलफल गरेको थिए । हुन त लाइन मिनिस्ट्रिसँग छलफल गरेर बजेटको टुंगो लगाउनुपर्ने थियो तर, त्यसो हुन सकेन । मलाई मेरो जीवनकालमा यस्तो कहिल्यै महसुस भएको थिएन । तर हिजो एकखाले ग्लानी महसुस भएको अवस्था थियो । परम्परागत खालको सोंच रहेछ भन्ने मलाई लाग्यो ।’

    यद्यमी मन्त्री चौधरीले महिला, बालबालिकाको क्षेत्रमा केही नहुनुभन्दा केही राम्रा कामहरू पनि भएको समेत बताउनुभयो ।

    महिला अधिकारलाई संस्थागत गरेको दिनको रूपमा जेठ १६ गतेलाई मनाउने गरेको भन्दै उहाँले संविधानसभामा सबै महिलाहरूले ककस निर्माण गरेर महिला अधिकारलाई संस्थागत गराउन एकजुट भएर काम गरेको बताउनुभयो । ‘त्यतिबेला महिलाहरू एकदमै सक्रिय हुनुभएको थियो । जसको कारणले हामीले संविधानमा महिलाका अधिकार सुनिश्चित गर्न सफल रह्यौँ’, मन्त्री चौधरीले भन्नुभयो, ‘यो नतिजा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी लगायत अग्रज महिलाहरूको योगदानका कारणले सम्भव भएको हो । राजनीतिक रूपमा सफलता हासिल भएको छ । जुन कुरा संविधानमै सुनिश्चित गरिएको छ । तर अन्य क्षेत्रहरूमा अहिलेपनि महिलाको संख्या निकै न्यून छ । ती क्षेत्रमा पनि महिलाहरूको संख्या वृद्धि गर्नका निम्ती हामीले अझै काम गर्नुपर्ने अवस्था छ ।’

    आर्थिक रूपले महिलालाई सशक्तिकरण बनाउने उद्देश्यले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको बताउँदै उहाँले तर बजेट भने सोंचेअनुसार नआएको अहिलेका लागि नमूना रूपमा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

    मन्त्री चौधरीले दिवसले महिला अधिकारको सुनिश्चितता गर्दै लैङ्गिक समानता कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गर्ने सङ्कल्प सहित महिलालाई लैङ्गिक भेदभाव विना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक लगायतका मौलिक हकको प्रत्याभूति गरेको छु’, उहाँले भन्नुभयो, ‘वर्तमान संवैधानिक, कानूनी तथा संरचनात्मक व्यवस्थाको फलस्वरूप जननिर्वाचित संस्था, सरकारी सेवा लगायत राज्यका सबै निकायमा महिलाको पहुँच तथा सहभागितामा उल्लेखनीय सुधार भएको छ । मातृ मृत्युदरमा कमी, महिलाको कूल साक्षरता दरमा वृद्धि तथा आर्थिक सशक्तीकरणका सूचकहरूमा सकारात्मक परिवर्तन भइरहेको छ ।’

    तर अझैपनि लैङ्गिक हिंसा तथा विभिन्न प्रकारका हिंसाले महिलाहरूलाई प्रताडित गर्दै आएको भन्दै उहाँले महिलाहरू आर्थिक रूपमा समृद्ध नभईकन यस्ता घटनाहरूको अन्त्य नहुने बताउनुभयो । महिलाहरू आर्थिक रूपमा सम्पन्न भएका यी घटनाहरू न्यूनीकरण हुँदै जाने मन्त्री चौधरीको विश्वास छ । ‘लैङ्गिक हिंसा, घरेलु हिंसा तथा गरिबीको कारण जीवनयापनमा जटिलता थपिएको छ ।महिलाहरू आत्मनिर्भर नभएसम्म र उनीहरूको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न सकिँदैन’, मन्त्री चौधरीले भन्नुभयो, ‘यसका लागि महिलाहरूमा उद्यमशीलताको विकास गर्न जरुरी भएकाले मन्त्रालयले यस तर्फ आवश्यक कार्यक्रम सञ्चालनको तयारी समेत गरिरहेको छ । मन्त्रालयको यस प्रयासमा अन्य तहका सरकार तथा निजी क्षेत्र लगायत सम्पूर्ण सकोकारवालाहरूको हातेमालो हुने कुरामा मन्त्रालय विश्वस्त रहेको छ ।’

    राष्ट्रिय महिला अधिकार दिवसलाई महिला हक अधिकार स्थापनाको लागि आधार तय भएको दिनको रूपमा लिँदै सारभूत समानता सहितको राष्ट्र निर्माणको यात्रामा अघि बढ्न उहाँले सबैलाई आह्वान समेत गर्नुभयो ।

    २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले आमा वा बाबुमध्ये कसैको पनि नामबाट नागरिकता पाउने, एक तिहाइ महिलालाई राज्यका सबै संरचनामा सहभागिताको ग्यारेन्टी गर्ने, विभेदकारी कानूनको खारेजी गर्ने, महिलाप्रति हुने हिंसाको अन्त्य गर्न समेत ४ अधिकारको प्रत्याभूतिका लागि सार्वजनिक महत्वको प्रस्ताव पारित भएको दिनको स्मरण गर्दै हरेक ज्येष्ठ १६ गतेलाई “राष्ट्रिय महिला अधिकार दिवस” मनाउने नेपाल सरकारको निर्णय बमोजिम राष्ट्रिय महिला अधिकार दिवस मनाउने गरिन्छ ।

    कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव दिनेश भट्टराईले २०६३ साल जेठ १६ गतेको निर्णयबाट महिलाहरूले प्राप्त गरेको उपलब्धीलाई संस्थागत गर्दै त्यसलाई उत्सवको रूपमा मनाउन जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवसको रूपमा मनाउने निर्णय गरेको बताउनुभयो । साथै उत्कृष्ट महिला उद्यमीहरूलाई महिला उद्यमी सम्मानबाट सम्मान गरिने कार्यको थालनी समेत गरिएको उहाँले बताउनुभयो ।

    सरकारले लैङ्गिक हिंसा विरुद्ध शून्य सहनशिलता अपनाएको बताउँदै सचिव भट्टराईले हवाई उद्धार कार्यक्रम, महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम, लैंगिक हिंसा विरुद्धको अभियान सञ्चालन गर्दै आएको बताउनुभयो । महिलाको मर्यादा र आत्मसम्मान स्थापित गर्नु आजको साझा आवश्यकता रहेको उहाँको भनाई थियो ।

    कार्यक्रममा उद्यमशिलता र महिला सशक्तिकरण विषयमा कार्यपत्र प्रस्तुत गर्दै मन्त्रालयका पूर्व सचिव यामकुमारी खतिवडाले उद्यमी महिलाका लागि संविधान, कानूनले विशेष व्यवस्था गरेको भन्दै आयकरमा पनि छुटको व्यवस्था गरेको बताउनुभयो । तर तीन तहको सरकारबिच एकरूपता नहुँदा स्थानीय तहले कर लिने गरेको गुनासो आएको उहाँले बताउनुभयो ।

    महिलाका कार्यक्रमहरू जति अन्य मन्त्रालयमार्फत कार्यान्वयन हुने तर विषयगत रूपमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको विषय महिला मन्त्रालयसँग भएकोले सहजिकरणको पाटोमा मन्त्रालय सक्रिय हुनुपर्ने अवस्था रहेको खतिवडाले बताउनुभयो ।

    पाँच जना महिला उद्यमीलाई नगद एक लाख सहित पुरस्कृत

    त्यस अवसरमा पाँच जना महिला उद्यमीहरूलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो । जसअनुसार कोशी प्रदेशबाट उर्लाबारी नगरपालिका ७ मोरङस्थित निरू ढाका कपडा उद्योगका सञ्चालक निर्मला चौहान, मधेश प्रदेशबाट कलैया उपमहानगरपालिका १६ बारास्थित जय माता दि कपास उद्योगकी सञ्चालक बबिताकुमारी तेली, बागमती प्रदेशबाट ललितपुर नगरपालिका २४ ललितपुरस्थित माउन्टेन बि कन्सर्न प्रा.लि.का सञ्चालक सरिता श्रेष्ठ भट्टराई, गण्डकी प्रदेशबाट पोखरा उपमानगरपालिका ११ कास्कीस्थित हङकङ ब्युटि इन्स्टिच्यूट प्रा.लि.का सञ्चालक मिना गुरुङ र सुदूरपश्चिम प्रदेशबाट महाकाली नगरपालिका ४ दार्चुलास्थित एभिरिल बेबी सप एण्ड डिजाइनिङ कर्नरका सञ्चालक तारा देवललाई जनही नगद एक लाख रुपैयाँसहित पुरस्कृत एवं सम्मानित गरिएको हो ।

    कार्यक्रममा बोल्ने बक्ताहरूले महिला मन्त्रालयले जबसम्म काम गर्न पाउँदैन तबसम्म यो मुलुक समृद्ध बन्न नसक्ने बताउनुभएको थियो । राज्यले महिला मन्त्रालयलाई छुट्याएको बजेट निकै न्यून रहेको उहाँहरूको गुनासो थियो । उत्पादनमा जोड्दै महिलाको आर्थिक सशक्तिकरणमा जोड दिनुपर्नेमा बक्ताहरूको जोड थियो ।

    त्यस अवसरमा महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साह, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, प्रतिनिधि सभा सदस्य तथा महिला तथा सामाजिक समितिका पूर्व सभापति शुसिला श्रेष्ठ, पूर्व मन्त्री तथा सांसद जुलीकुमारी महतो, राष्ट्रिय सभाका सदस्य कमला पन्त, पूर्व सांसद तथा महिला तथा सामाजिक समितिका पूर्व सभापति निरूदेवी पाल, पुरस्कृत उद्यमी मिना गुरुङ, उद्यमी शोभा घिमिरेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण मन्त्रालयका सहसचिव आभा श्रेष्ठ कर्णले गर्नुभएको थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    राष्ट्रिय गौरवका २७ आयोजनामध्ये ३ मात्रै सम्पन्न, ११ आयोजना अझै ५० प्रतिशत प्रगतिमा पनि पुगेनन्
    १ घण्टा अघि

  • २

    सरकार विरोधी आन्दोलनपछि सर्बियाका राष्ट्रपतिले दिए राजीनामा
    १४ घण्टा अघि

  • ३

    एनसेलले ५ प्रदेशका १३ जिल्लामा थ्रीजी सेवा बन्द गर्दै
    १६ घण्टा अघि

  • ४

    ९२औँ मिनेटमा युस्टाक्वियो चम्किए, क्यानडाले दक्षिण अफ्रिकालाई हराउँदै अन्तिम १६ मा स्थान बनायो
    १७ घण्टा अघि

  • ५

    धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए शपथ
    १७ घण्टा अघि

  • ६

    सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट जबरजस्ती ननिकाल्न नारायणकाजी श्रेष्ठको आग्रह
    १८ घण्टा अघि

  • ७

    पाकिस्तान–अफगानिस्तान सीमामा तनाव: हवाई आक्रमणमा दर्जनौंको मृत्यु
    १८ घण्टा अघि

  • ८

    भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५०० पुग्यो ,हजारौं अझै बेपत्ता
    १९ घण्टा अघि

  • ९

    फुटेको हाँडी जोड्ने प्रयास असफलता लुकाउने खेल हो : गोकुल बास्कोटा
    १९ घण्टा अघि

  • १०

    यसै वर्ष बंगलादेश फर्किने शेख हसीनाको घोषणा
    १९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा

    नेपाल नक्सा
    २

    रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने

    नेपाल नक्सा
    ३

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

    नेपाल नक्सा
    ४

    उपभोक्ता समिति प्रणालीको दुरुपयोग, १४३ स्थानीय तहमा नियमविपरीत निर्माण कार्य

    नेपाल नक्सा
    ५

    विश्वकपमा मेसी सर्वाधिक गोलकर्ता, अर्जेन्टिना र फ्रान्स अन्तिम ३२ मा

    नेपाल नक्सा
    ६

    रास्वपा महाधिवेशन: उम्मेदवारीका लागि प्रस्तावक–समर्थकको मापदण्ड सार्वजनिक

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution