२०८० आश्विन १७, बुधबार
नेपालको सविधान ,अख्तियार दुरुपयोग अनुसन्धान ऐन २०४८,भ्रष्टाचार निवारण ऐन २०५९ तथा प्रचलित कानुन,कार्यवि, आचारसंहिताका आधारमा रहि सार्वजनिक पद धारण गरेको व्यक्ति आर्थिक लाभ हुन गरी काम गरेको पाईएमा कानुन वमोजिम दण्ड जेल सजायको भागिदार हुने व्यस्था छ।
यदपि स्थानिय सरकारको नामका घर घरको सिह दरवारमा राज्यकोषको दोहन तथ दुरुपयोग हुन सक्ने आधार , भ्रष्टचारको प्रवृत्तिका दृष्टान्तहरु देहाए वमोजिम छन्
गाउपालिका नगरपालिका वजेटबाट निर्माण गरिएका नाला नहर कुलो सडक शौचालयजस्ता सामाजिक संरचनामा मुल्यांकन गर्ने,सम्मपन्न प्रतिवेदन तयार गरिदिने कार्य, रकम निकासा तथा भुक्तानी दिने कार्यमा घुस माग्ने कार्य
जन्म दर्ता, नाता प्रमाणीत ,उधोग व्यवसाय दर्ता,बसाई सराई, चारकिल्ला सिफारिस,घर निर्माण सम्पन्न प्रमाणपत्र,घरगोठ बाटो प्रमाणीत,कार्य सम्पन्न प्रतिवेदन,नागरिकताको प्रतिलिपि लिन सिफारिस, सहयोग गर्ने भनि पैसा माग्ने,
एक निकायबाट निर्माण भैसकेकोमा पुनः अर्को निकायबाट सोहिकामको दोहोरो रकम लिने,
नक्कली भरपाई र किर्ते सहिछाप वनाई तोकिाएको कामनै नगरि भुक्तानी लिने
नाताप्रमाणीत तथा नामसारीको सिफारिस गर्दा कानुनले तोकेवमोजिमको प्रक्रिया तथा कार्यविधि अवलम्वन नगर्ने,
विकास आयोजनाका नाममा जथाभावी रकम विनियाजन एवंम खर्च गर्ने
उपभोक्ता समितिलाई अनाधिकृत रुपमा पेश्की दिई सम्झौता बमोजिम कुनै पनि कार्य नगरी खाईमास्ने
राज्स्व चुवावट तथा हिनामिना गर्ने
विद्यालय भौतिक निर्माणको कार्य सम्पन्न नगर्ने,छात्रर्वत्तिको रकम वितरण नगर्ने,पाठ्य पुस्तक खरिद नगर्ने शिक्षकहरुलाई दिइने तलव तथा सामाजिक सुरक्षाबापतको रकम समेत हिनामिना गर्ने
गाउपालिका नगरपालिका वजेटबाट निर्माण गरिएका नाला नहर कुलो सडक र्कषि सडक ,बाटो ,साना पुल,कल्भर्टको गलत मुल्यांकन गर्ने, सम्पन्न नै नभई सम्पन्न दिई रकम भुक्तानमा हिसाव किताव मिलाउने,
गाउपालिका नगरपालिका वजेट निजिखातामा स्थान्नतरण गर्ने, रकम बैकबाट निकाली घर व्यवहारमा लगाउने
सामाजिक सुरक्षा भक्तामा नक्कली भरपाई तयार गरी भक्तानी दिने,वदनियत पुर्वक मृत्यु भइसकेकोमा समेत भक्ता वितरण दिने,कर्मचारी आपmैले औठा छाप र कृर्ते भरपाई गरि वढिरकम भुक्तानी लिई हिनामिना गर्ने
नक्कली वैक ग्यारेन्टिमा नक्कली मोविलाइजेसन पेश्की दिने
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे