२०८० मंसिर १४, बिहिबार
काठमाडौँ, २५ जेठ । ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटिएमबाट पैसा निकाल्न सकिने गरि कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । यो सुविधा अन्तर्गत ग्राहकवर्गले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजर मार्फत प्राप्त ओटिपि कोर्डलाई एटीएम मेसिनमा प्रयोग गरि सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्नेछन् ।
डिजिटल बैंकिङलाई प्राथमिकता दिंदै ग्राहकवर्गलाई सहजता प्रदान गर्ने हेतुले यस विकास बैंकले यो आधुनिक बैंकिङ सेवा विस्तार गरेको हो। बैंकको मोबाइल बैकिङ एप Jyoti Smart तथा वेब ब्राउजर jyotismart.jbbl.com.np मार्फत यो सेवा प्रयोग गर्न सकिनेछ । बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले यस विकास बैंकका देशभर रहेका ७५ वटै एटिएमबाट यो सेवा प्रयोग गरी आफुले चाहेको समयमा नगद निकाल्न सक्नेछन् ।
बैंकको यो सुविधा प्रयोग गर्नका लागिJyoti Smartबचत प्रयोगकर्ताहरूले एप भित्र रहेको Payment आइकनमा थिचे पछि देखिने Cardless Withdrawal आइकनमा ट्याप गरि मागिएको विवरण प्रदान गर्नुपर्नेछ । तत् पश्चात, ज्योति विकास बैंककै एटिएममा गई Cardless Transaction चयन गरी आफ्नो मोबाइल नम्बर, निकाल्नुपर्ने रकम ( मोबाइल बैंकिङ एपमा चयन गरिएको ) र मोबाइलमा प्राप्त OTP code राखी इच्छाइएको रकम झिक्न सकिनेछ ।
डिजिटल बैंकिङ्गको प्रयोग बढे संगै बैंकले सोहि प्रक्रियामा चाहिने पासवर्ड, पिन, ओटीपी कोड र अन्य गोप्य सूचना भने सुरक्षित राखी कारोबार गर्न र वित्तीय ठगी विरुद्ध सचेत हुन जोड दिएको छ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्र्तगत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । प्रचलित कानुनको पूर्णरुपमा परिपालना गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पु¥याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ । ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएम मार्फत सेवा उपलब्ध गराउदै आइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे