२०८० आश्विन १४, आईतबार
लमजुङ १२ चैत । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न लमजुङमा ३ हजार ६ सय ३४ जनाले आवेदन दिएका छन् ।
आइतबारदेखि शुक्रबारसम्म जिल्ला प्रहरी कार्यालय लमजुङमा ३ हजार ६ सय ३४ जनाले आवेदन दिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले जानाकारी दिए ।
जसमा ३ सय ९६ जना महिला र २ हजार २ सय ३८ जना पुरुष छन । आवेदन दिनेमा अधिकांश २० देखि २५ वर्षका युवाहरू छन्।
लमजुङमा ९ सय ८६ म्यादी प्रहरी माग भएको छ ।
म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिक रूपले तन्दुरुस्त हुनुपर्नेलगायतका मापदण्ड राखिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे