
काठमाडौँ — मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भइरहेको छ। पछिल्लो मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४१ रुपैयाँ र डिजेलमा प्रतिलिटर ९४ रुपैयाँसम्म वृद्धि भएको छ।
यद्यपि, नेपाल आयल निगमले केही दिनअघि मात्र इन्धनको मूल्य समायोजन गरिसकेको सन्दर्भ उल्लेख गर्दै उपभोक्तामाथि थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले पेट्रोल र डिजेलको खुद्रा मूल्य हाललाई यथावत राखिएको जनाएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि जारी रहे पनि आन्तरिक बजारमा तत्काल प्रभाव नपार्ने नीति अपनाइएको छ। यसले उपभोक्तालाई अल्पकालीन राहत दिने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे