
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा र डा शेखर कोइराला समूहको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। मंगलबार बैठकमा सबै नेताहरूले बोल्न नपाएपछि आज पनि बैठक जारी राखिएको हो। बैठक दिउँसो १ बजे सुरु हुनेछ।
हिजोको बैठक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको थियो। आजको बैठकमा ७० भन्दा बढी केन्द्रीय सदस्य सहभागी भएका छन्। बैठकमा अहिलेको राजनीति, पार्टीभित्रको अवस्था र पछिल्लो निर्वाचनको समीक्षा जस्ता विषयमा छलफल भइरहेको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे