
काठमाडौँ, २३ भाद्र । नेपाली क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँग सहयोग मागेका छन् । क्यानले सन्दीपसँग गरेको सम्पर्कमा आफु निर्दोष रहेकोले कानुनी उपचारको लागी आफुलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
क्यानले अहिले सन्दीपमाथि कुनै एक्सन लिने भन्दा पनि छानबिनमा सहयोग गर्ने क्यानले बताएको छ ।
हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। लिग सकेपछि सन्दीप नेपाल फर्कने बताइएको छ। केन्याविरुद्धको टी–२० सिरिजपछि सन्दीप उतैबाट वेस्ट इन्डिज पुगेका थिए।
मंगलबार आफुलाई एक १७ बर्षिय किशोरीले सन्दिप लामिछानेले बलात्कार गरेको भन्दै गौशला प्रहरी वृतमा उजुरी दिएकी छन् । भाद्र ५ गते आफुलाई भक्तपुर घुमाएर राति काठमाडौँको होटलमा बलात्कार गरेको ति युवतीले प्रहरी समक्ष दिएको उजुरीमा उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे