
काठमाडौं, नेपाली कांग्रेस चितवनले गठबन्धन कार्यदलका संयोजक रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरपालिकाको मेयर नछाड्न दबाब दिएको छ ।चितवन कांग्रेस सभापतिसहितका नेताहरूले बिहीबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरको प्रमुख कांग्रेसले नछाड्ने बताएका छन्।
केन्द्रीय नेताहरूलाई भेट्न चितवन कांग्रेसका सभापति राजेश्वर खनाल, पूर्वसभापति टेकप्रसाद गुरुङ, नेता दिनेश कोइरालालगायतका नेता काठमाडौँ पुगेका छन्।पौडेलसँगको भेटपछि चितवन कांग्रेसका नेताहरूले पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई भेट्दै छन्। महानगर मेयर नछाड्ने बटमलाइनसहितको कांग्रेस जिल्ला कार्यसमिति चितवनको सर्वसम्मत निर्णय बुझाएको निवर्तमान सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए ।
भरतपुर महानगरमा मेयर पद कुनै पनि हालतमा छाड्न सकिँदैन। गठबन्धनको हामी विरोधी होइन’, श्रेष्ठले भने । कांग्रेस चितवनले भरतपुरमा माओवादीलाई मेयरमा समर्थन गर्न नसकिने बताउँदै आएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे