
काठमाडौँ, २० चैत । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालसहितका १४ जना सांसदविरुद्ध दायर गरेको मुद्दा हेर्न नमिल्नेमा परेको छ ।
आइतबार उक्त रिटमाथि न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।
ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको दर्ता प्रक्रिया रद्द गर्न र १४ जना सांसदलाई पदमुक्त गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गर्दै पदमुक्तका लागि गरेको सिफारिसअनुसार कारबाही नगरिएको र एमालेलाई विभाजन गर्न मुख्य भूमिका निर्वाह गरेको ओलीले जिकिर गरेका छन् ।
गत २५ साउनमा एमाले १४ जना सांसदहरू माथि कारबाही गरिएको भन्दै सभामुखलाई १ भदौंमा जानकारी गराएको थियो । तर, सभामुख सापकोटाले उक्त लिखित जानकारी दिँदा पनि पदमुक्तको सूचना टाँस नगरेको भन्दै २३ भदौबाट निरन्तर संसदमा अवरोध गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे