
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा एमाले सांसद राजेन्द्र राईले सभामुख डीपी अर्यालप्रति गरेको विवादास्पद टिप्पणी संसदको रेकर्डबाट हटाइने भएको छ। बुधबार बसेको दोस्रो बैठकमा सभामुख अर्यालले उक्त अभिव्यक्ति हटाउन संसद सचिवालयलाई निर्देशन दिएका हुन्।
बुधबारको पहिलो बैठकमा सांसद राईले सभामुखले सांसदहरूको कुरा नसुनेको आरोप लगाउँदै प्रश्न गरेका थिए। उनले सभामुखलाई लक्षित गर्दै केही आपत्तिजनक शब्द प्रयोग गरेका थिए। राईले सभामुखको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लामो समयसम्म सदन सञ्चालन गर्न नसक्ने टिप्पणी पनि गरेका थिए।
उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौला (ज्वाला)ले संसदको रेकर्डबाट हटाउन माग गरेकी थिइन्। त्यसपछि सभामुखले विषयलाई सम्बोधन गर्दै सांसद राईको भनाइ हटाउने निर्णय गरेका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे