
काठमाडौँ । उपत्यकाबाट हटाइएका सुकुमवासीहरूले आफूहरूलाई अन्याय भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन्। उनीहरूले घरबाट हटाइएपछि बस्नका लागि उचित व्यवस्था नभएको र सरकारले राखेको होल्डिङ सेन्टरमा पनि आधारभूत सुविधा अभाव रहेको गुनासो गरेका छन्। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले यस्तो उजुरी आएको जानकारी दिए।
उनले सुकुमवासी हटाउनुअघि सुरक्षित बसोबासको व्यवस्था गर्न आयोगले पहिले नै सरकारलाई सुझाव दिएको स्मरण गराए। आयोगका सदस्य मिहिर ठाकुरले पनि सरकारले आयोगका सिफारिसहरू कार्यान्वयन नगर्दा मानवअधिकार संरक्षण कमजोर बनेको बताए। आयोगले विस्थापित नागरिकको संवैधानिक अधिकार सुरक्षित गर्दै उनीहरूको दीर्घकालीन र सम्मानजनक बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे