
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले पहिलो पटक निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग औपचारिक छलफल गर्न लागेका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने बैठकमा उद्योगी–व्यवसायीका समस्या, देशको वर्तमान आर्थिक अवस्था र सरकारसँग मिलेर काम गर्ने उपायबारे कुराकानी हुनेछ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत प्रमुख निजी क्षेत्रका संस्थाका प्रतिनिधि बैठकमा सहभागी हुनेछन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले प्रधानमन्त्रीको निमन्त्रणामा निजी क्षेत्रका प्रमुख छाता संगठनका नेतृत्वलाई छलफलका लागि बोलाइएको जानकारी दिएका छन्। निजी क्षेत्रका सुझाव सुनेर आर्थिक गतिविधि सुधार गर्ने विषयमा सरकारको धारणा पनि बैठकमा प्रस्तुत हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे