
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारलाई संसद्मा उठाइएका प्रश्नहरूको समयमै जवाफ दिन निर्देशन दिएका छन्। उनले मन्त्रीहरूलाई सांसदहरूले उठाउने जनतासम्बन्धी मुद्दामा बेवास्ता नगर्न र जवाफदेही बन्न आग्रह गरेका हुन्।
संसद् बैठकमा सांसदहरूले आकस्मिक, शून्य, विशेष र प्रादेशिक सरोकारका समयमा उठाएका प्रश्नहरूको सरकारले जवाफ नदिएको भन्दै असन्तुष्टि जनाएका थिए। विशेषगरी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का सांसदहरूले सरकार संसद्प्रति जिम्मेवार नभएको आरोप लगाएका थिए।
त्यसपछि अध्यक्ष दाहालले सरकारलाई स्पष्ट रूपमा निर्देशन दिँदै सांसदहरूले उठाएका सबै विषयमा सभामै जवाफ दिन भनेका छन्। सांसदहरूले यसअघि पनि पटक–पटक प्रश्नको जवाफ नआएको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे