
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएपछि देशभर केही पेट्रोल पम्पमा तेल अभाव देखिएको छ। धेरै पम्पहरूले “पेट्रोल छैन” भनेर बोर्ड राखी बन्द गरेका छन्।
पम्प सञ्चालकहरूले पहिले महँगोमा खरिद गरेको तेल सस्तोमा बेच्नुपर्ने भएपछि बिक्री रोकिएको बताएका छन्। यस कारण काठमाडौँसहित विभिन्न ठाउँका उपभोक्ता तेल नपाएर फर्किन बाध्य भएका छन्।
निगमले मङ्गलबार पेट्रोलमा २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा ३० रुपैयाँ प्रतिलिटरले मूल्य घटाएको हो। नयाँ दरअनुसार काठमाडौंमा पेट्रोल १९७ र डिजेल १९५ रुपैयाँ भएको छ।
मूल्य घटे पनि वितरण अवरुद्ध हुँदा कृत्रिम अभाव सिर्जना भएको देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे