
काठमाडौँ । मानसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ सुरु भएको छ। यस वर्ष किसानका लागि मलको आपूर्तिमा सुधार हुने संकेत देखिएको छ। कृषि मन्त्रालयले साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ।
भारतसँगको सरकारी सम्झौता अन्तर्गत ३० हजार मेट्रिक टन युरिया आउँदैछ भने थप ५० हजार मेट्रिक टन पनि साउनको दोस्रो सातासम्म आइपुग्नेछ। अन्तर्राष्ट्रिय टेन्डरमार्फत पनि ठूलो परिमाणमा युरिया र डीएपी मल ल्याइँदैछ।
ओमान, कतार, साउदी अरब, भियतनामलगायत देशबाट समेत मल नेपाल आउने प्रक्रिया चलिरहेको छ। मध्यपूर्वको द्वन्द्वका कारण ढुवानीमा केही समस्या भए पनि सरकारले किसानलाई मल अभाव हुन नदिने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे