
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय सदस्य र पदाधिकारीहरूले आज शपथ लिने भएका छन्। गत शुक्रबार भएको महाधिवेशनबाट चुनिएका ९९ जना केन्द्रीय सदस्य र ७ जना पदाधिकारीको शपथ ग्रहण कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय चःमतिमा हुनेछ। शपथपछि नयाँ केन्द्रीय समितिको पहिलो बैठक पनि बस्नेछ। त्यसपछि सभापतिले मनोनयन गर्ने बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको प्रक्रिया सुरु गरिनेछ।
पार्टीको विधानअनुसार १५८ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना निर्वाचित हुन्छन् भने बाँकी सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ। त्यस्तै, १९ पदाधिकारीमध्ये ७ जना चुनावबाट चयन हुन्छन् र बाँकी पद सभापतिले भर्नेछन्। बालेन शाह समूह र विवेकशील साझाबाट आएका नेताहरूलाई पार्टीमा उचित स्थान दिन विधान संशोधन गरेर मनोनयन हुने पद र सदस्य संख्या बढाइएको हो। त्यसअनुसार महाधिवेशनअघि केही नयाँ पदसमेत थपिएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे