
काठमाडौँ । मेक्सिकोले फिफा विश्वकप २०२६ को अन्तिम १६ ९राउन्ड अफ १६० मा शानदार जित निकाल्दै क्वार्टरफाइनल नजिक पुगेको छ। बुधबार बिहान मेक्सिको सिटीको एस्टाडियो अज्टेका स्टेडियममा भएको खेलमा मेक्सिकोले इक्वेडरलाई २–० ले हरायो। घरेलु समर्थकको उत्साहपूर्ण साथ पाएको मेक्सिकोले सुरुदेखि नै राम्रो खेल देखायो। खेलको २१औँ मिनेटमा जुलियन क्विनोनेसले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको १० मिनेटपछि राउल जिमेनेजले अर्को गोल थपेपछि मेक्सिको २–० ले अघि बढ्यो। त्यसपछि दुवै टोलीले केही अवसर बनाए पनि थप गोल हुन सकेन।
इक्वेडरले बल बढी समय आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न भने सफल भएन। जुलियन क्विनोनेस विश्वकपका लगातार तीन फरक खेलमा गोल गर्ने मेक्सिकोका दोस्रो खेलाडी बने। यसअघि सन् १९९८ मा लुइस हर्नान्डेजले यस्तो उपलब्धि हासिल गरेका थिए। यस जितसँगै मेक्सिकोले ४० वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित दर्ता गरेको हो। अब मेक्सिकोले क्वार्टरफाइनल पुग्न इंग्ल्यान्ड र डीआर कंगोबीचको विजेतासँग खेल्नेछ। पराजित इक्वेडर भने प्रतियोगिताबाट बाहिरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे