
एजेन्सी । पाकिस्तानले अफगानिस्तानको पश्चिमी सीमा क्षेत्रमा रहेका केही प्रान्तहरूमा हवाई आक्रमण र स्थल सेना प्रयोग गरेको छ। यस आक्रमणमा दर्जनौं सर्वसाधारणको मृत्यु भएको अफगानिस्तानको तालिबान सरकारले जनाएको छ। आक्रमणमा २९ जना ‘आतंककारी’ मारिएको पाकिस्तानको दाबी छ ।
तालिबान सरकारले यस आक्रमणलाई “कायरतापूर्ण” भन्दै कडा शब्दमा निन्दा गरेको छ र यसलाई अपराध र अत्याचारको संज्ञा दिएको छ। उनीहरूका अनुसार कम्तीमा १०० जना मारिएका वा घाइते भएका छन्।
तर पाकिस्तानका सूचना मन्त्रीले भने आक्रमण आतंकवादी लुकेका स्थानहरूलाई लक्षित गरेर गरिएको दाबी गरेका छन्। उनका अनुसार २९ आतंककारी मारिएका छन् र यो कारबाही हालै पाकिस्तानमा भएका आतंकवादी आक्रमणको जवाफ हो।
दुई देशबीच लामो समयदेखि सीमा क्षेत्रमा तनाव रहँदै आएको छ। पाकिस्तानले अफगानिस्तानमाथि आतंककारीलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ भने अफगानिस्तानले त्यसलाई अस्वीकार गर्दै पाकिस्तानले सर्वसाधारणमाथि आक्रमण गरेको आरोप लगाउँछ।
यसअघि पनि दुबै देशबीच युद्धविराम भएको थियो, तर त्यो टिक्न सकेको छैन र सीमा क्षेत्रमा हिंसा दोहोरिँदै आएको छ। यस पछिल्लो घटनामा कुन पक्षको दाबी सही हो भन्ने कुरा स्वतन्त्र रूपमा पुष्टि भएको छैन। तर दुवै पक्षले एकअर्कालाई दोष लगाउँदै फरक–फरक दाबी गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे