
काठमाडौँ । आज देशभर २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ। यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ दिवस मनाइँदै भए पनि पर्याप्त वर्षा नहुँदा धान रोपाइँ अपेक्षाकृत कम भएको छ।
कृषि विभागका अनुसार असार १२ गतेसम्म देशभर जम्मा ११.३३ प्रतिशत मात्र धान रोपाइँ भएको छ। गत वर्ष यही अवधिमा १५.६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। यस वर्ष हालसम्म करिब १ लाख ५६ हजार हेक्टर क्षेत्रफलमा मात्रै धान रोपिएको छ।
प्रदेशअनुसार कर्णालीमा सबैभन्दा धेरै र मधेशमा सबैभन्दा कम धान रोपाइँ भएको छ। कृषि विभागका अनुसार समयमै पानी नपरेकाले रोपाइँ प्रभावित भएको हो। पहाडी जिल्लामा रोपाइँ केही अघि बढे पनि तराईका अधिकांश क्षेत्रमा पर्याप्त वर्षा नहुँदा किसान अझै खेतमा रोपाइँ गर्न पर्खिरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे