
काठमाडौँ । जीवन बीमा क्षेत्रमा समर्पित तथा व्यतीत बिमालेखको संख्या निरन्तर बढ्दै गएको देखिएको छ। पछिल्लो तथ्यांकअनुसार बीमितहरूले समयअघि नै बिमालेख समर्पण गर्ने तथा नियमित प्रिमियम भुक्तानी रोकिँदा बिमालेख व्यतीत हुने प्रवृत्ति वृद्धि भएको पाइएको छ।
आ.ब २०८०।८१ मा १४ जीवन बीमा कम्पनीबाट जारी भएका १ लाख १३ हजार ९७६ बिमालेख समर्पण भएका थिए। चालु वर्षमा समर्पित बिमालेखको संख्या १ लाख ८ हजार २३८ पुगेको छ। समर्पित बिमालेखको संख्या केही घटे पनि समर्पण मूल्य भने बढेको देखिएको छ। गत वर्ष १४ अर्ब ५० करोड १३ लाख रुपैयाँ रहेको समर्पण मूल्य आ.ब २०८१।८२ मा ४.४९ प्रतिशतले वृद्धि भई १५ अर्ब १५ करोड २२ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, व्यतीत बिमालेखको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ। गत वर्ष ११ लाख ५८ हजार २९९ व्यतीत बिमालेख रहेकोमा चालु वर्ष ७.३४ प्रतिशतले वृद्धि भई १२ लाख ४३ हजार ३६५ पुगेको छ। व्यतीत बिमालेखसँग सम्बन्धित रकम पनि २.८८ प्रतिशतले बढेर ३५ अर्ब १ करोड ७८ लाख रुपैयाँ पुगेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे