
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसद्मा देखिएको गतिरोध अन्त्य गर्न आफूले लगातार प्रयास गरे पनि विपक्षी दलबाट अपेक्षित सहयोग नपाएको बताएका छन्। सोमबार विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै संसद् अवरुद्ध गरेपछि सभामुख अर्यालले बैठकमै आफ्नो धारणा राखेका हुन्।
उनले संसद्को काम सहज रूपमा अघि बढाउन पटक–पटक संवादका लागि आग्रह गरे पनि विपक्षी पक्षबाट पर्याप्त सहयोग र समय नपाएको बताए। सभामुखका अनुसार आइतबार प्रतिनिधि सभामा नियमावली पारित गर्ने प्रक्रिया संविधान र संसदीय नियमअनुसार नै गरिएको थियो।
उनले आफ्नो जिम्मेवारी नियमअनुसार प्रस्तावहरू निर्णयका लागि प्रस्तुत गर्नु मात्र रहेको स्पष्ट पारे। सभामुख अर्यालले आफूले कुनै नियम उल्लङ्घन नगरेको दाबी गर्दै संसद्मा देखिएको समस्या संवाद र सहमतिबाट समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे